यतिबेला निर्देशक दीपाश्री निरौलाले निर्देशन गरिरहेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’को धमाधम छायांकन भैरहेको छ । चलचित्रको शुभसाइत समारोहमा नायिका प्रियंका कार्की उपस्थित थिइनन् ।
तर, उनी अहिले धमाधम यो चलचित्रको छायांकनमा व्यस्त छिन् । नेपालकी नम्बर १ नायिका कार्कीको ‘छक्का पन्जा २’मा कस्तो गेटअप होला भन्ने तपाइलाई लागेको हुनसक्छ ?
अनलाइनखबरलाई प्राप्त भएको चलचित्रको छायांकनका तस्बिरमा नायिका कार्की साधारण यूवतीको भूमिकामा देखिएकी छिन् । सारी लगाएर उनी सामान्य शैलीमा पर्दामा आउँदैछिन् । वुझिएअनुसार, यो चलचित्रमा प्रियंका नायिका स्वस्तिमा खड्काकी आमाको भूमिकामा देखिदैछिन् ।
चलचित्रको छायांकनको क्रममा प्रियंका र स्वस्तिमाले खुबै मस्ती गरेको पनि देख्न सकिन्छ । दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा तयार भैरहेको चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।
चलचित्रमा दिपकराज गिरी, जीतु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्धि तामाङ, किरण केसी, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकालको मुख्य भूमिका छ । चलचित्रको प्रदर्शन मिति असोज ११ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया 4