Comments Add Comment

छोरीलाई भोट माग्दै प्रचण्डले भने- झिनो मतले जित्ने छुट छैन (भिडियोसहित)

२८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुरमा एउटै मञ्चमा उभिएर कांग्रेस-माओवादी गठवन्धनलाई भोट मागेका छन् ।

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् । कांग्रेसले मेयरमा माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ भने उपमेयरमा माओवादीले कांग्रेसकी पार्वती शाहलाई समर्थन गरेको छ ।

चुनाव प्रचारको अन्तिम दिन भरतपुरमा कांग्रेस र माओवादीका शीर्ष नेताहरु एउटै सभामा उपस्थित भए । काठमाडौंबाट एउटै विमानमा गएका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले आफ्नो गठवन्धनलाई भोट मागे ।

आफूसँगै देउवा र दुई पार्टीका शीर्ष नेताहरु आएपछि झिनो मतले जित्ने छुट नरहेको भन्दै उनले भने, ‘अब यहाँ कांग्रेस र माओवादी केन्द्रले झिनो मतले जित्ने छुट छैन । थोरै मतले जित्नु भनेको जितेको जस्तो हुँदैन ।’

मतदातालाई प्रश्नः उज्यालोलाई जिताउने कि अध्यारोलाई ?

स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रको तालमेल नयाँ प्रयोग भएको भन्दै उनले भरतपुरमा यो गठवन्धनलाई अब झिनो मतले जित्ने छुट नभएको बताए । उनले अघि भने, ‘यो कुनै संयोग होइन । राष्ट्रको आवश्यकता र भारतपुर महानगरको आवश्यकतासँग सम्वन्धित छ ।’

कांग्रेस माओवादी सरकार बन्नु अघि मधेस एकातिर पहाड एकातिरको डरलाग्दो अवस्था रहेको भन्दै उनले भने, ‘यो गठवन्धनले मधेस पहाड सबैलाई लिएर निर्वाचनमा जाने वातावरण बनायो । अब सवाल छ, हामी कसलाई विजयी गराउने ?’ मधेसलाई एकातिर, पहाड अर्कोतिर पारेर देशलाई विभाजनतिर लैजाने प्रवृत्तिलाई विजयी गराउने कि मधेस पहाडलाई जोडर संविधान कार्यान्वयनतिर दृढतातिर अघि बढ्ने शक्तिलाई जिताउने ?’

१४ घन्टा लोडसेडिङ रहेको बेला बनेको गठवन्धन सरकारले लोडसेडिङ अन्त्य गरेको भन्दै प्रचण्डले भने, ‘हामीले उज्यालोलाई जिताउने कि अध्यारोलाई ?’

आफूलाई धेरै आरोप लागेपनि यो सत्ता गठवन्धनले नै देशलाई अगाडि लैजान सक्ने प्रमाणित भएको बताए । उम्मेदवारी दर्ता गर्दासम्म पनि चुनाव होला त भन्ने प्रश्न गर्ने गरेको भन्दै उनले अहिले चुनाव उत्साव बनेको बताए ।

यसरी भोट मागे प्रचण्डले

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मेयरकी उम्मेदवारी छोरी रेणुलाई भोट पनि मागे ।

रेणु दाहाल आफ्नो छोरी मात्र नभएको भन्दै उनले भने, रेणु दाहाल प्रचण्ड पुत्री भनेको मलाई मिठो लागेको छैन । रेणु दाहाल प्रचण्ड पुत्री भएको कारण मात्र उम्मेदवार भएको होइन । उसको आफ्नो योगदान र त्याग छ । प्रचण्ड पुत्री मात्र भनेर रेणुलाई ब्याख्या गरियो भने अन्याय हुन्छ ।’

दिनेश कोइरालालाई फकाउने प्रयास

प्रधानमन्त्री प्रचण्डले चुनाव तालमेल गर्दा आफूहरुको केही त्रुटी भएको स्वीकार गरे । उम्मेदवारी दर्ता अघि नै तालेमल गरिसक्नु भएपनि हुन नसकेको भन्दै उनले अघि भने, ‘केही साथीहरुलाई अलिकति नमिठो पक्कै भएको छ ।’

मेयरका उम्मेदवारबाट नाम फिर्ता लिइएका दिनेश कोइरालाको नाम लिँदै उनले अघि भने, ‘भाइ दिनेश कोइरालालाई भन्न चाहन्छु तपाईलाई अलिकति नमिठो भयो होला । तर, दुई पार्टीको रणनीतिक साझेदारी र समग्र संविधान कार्यान्वयनका निम्ति तपाईले गरेको त्याग खेर जाँदैन ।’

कोइरालाई फकाउने कोशिश गरेका प्रचण्डले सकेको सहयोग गर्ने आश्वासन समेत दिए ।

यो पनि पढ्नुहोस्

देउवाको घोषणाः माओवादी-कांग्रेस गठबन्धन दीर्घकालसम्म

भरतपुर महानगरमा ओलीको गर्जन- लम्पसार पर्दा सत्ताधारीको घुँडाभरि घाउ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment