Comments Add Comment

यदि दाँतलाई माया गर्नुहुन्छ भने नगर्नुहोस् यी गल्ती

यदि दाँत नहुने हो भने तपाईको सौन्दर्य कहाँ रहन्छ ? सोच्नुहोस् त । अनुहारको शोभा हो, दाँत । दाँत खराब छ भने तपाई धक खोलेर बोल्न हच्किनुहुन्छ, हाँस्न त परै जावस् ।

भनिन्त, एक जीवन्त मुस्कुराहटले अनुहारलाई लाख गुणा सुन्दर बनाउँछ । तर, यसरी मुस्कुराउनका लागि तपाईलाई चाहिन्छ, सुन्दर, सफा र स्वच्छ दाँत । तर, हामी के भूल गरिरहेका हुन्छौं भने केवल केस र छालाको सौन्दर्यमा मात्र ध्यान दिने । दाँतको सौन्दर्यप्रति हामी न चर्चा गर्छौ, न चासो दिन्छौ ।

गर्नुपर्ने चाहि के भने, दाँतलाई पनि नियमित रुपमा हेरचाह गर्नुपर्छ । यसको सौन्दर्य कायम राख्नका लागि सफाई र उपचारमा ध्यान दिनुपर्छ ।

हामी गल्ती गरिरहेका हुन्छौं, ब्रस गर्दा पनि । बिहान उठेर ब्रस गर्छौं । जबकी राती खाएको खाना दाँतमा सड्न थालिसकेको हुन्छ । राती र बिहानको खाना खाइसकेपछि ब्रस गर्नु राम्रो हो । यस्ता थुप्रै गल्ती गरिरहेका हुन्छौ, जसले हाम्रो दाँत खराब हुन्छ ।

१. पुरानो ब्रस प्रयोग

दाँत माझ्ने ब्रस लामो समय प्रयोग गरिरहनु हुँदैन । कम्तीमा पनि तीन महिनामा नयाँ ब्रस बदल्नुपर्छ ।

२. लामो समय ब्रस गर्ने

ब्रस गर्नु राम्रो हो तर, हामी लामो समयसम्म ब्रस गर्ने गल्ती गरिरहेका हुन्छौं । ब्रस गर्नुको अर्थ भनेको दाँतमा रहेको एवं अल्भिmएको खानेकुरा सफा गर्नु हो । तर, हामी आवश्यक्ता भन्दा बढी समय ब्रस गर्छौ, जसले दाँतलाई नराम्रो असर गर्छ । कम्तीमा तीन मिनेटसम्म ब्रस गर्नु उपयुक्त हो ।

३.खानापछि मात्रै ब्रस

धेरैजसोले बिहान उठ्नसाथ ब्रस गर्छन् । तर, गर्नुपर्ने चाहि के भने जब खाना खान्छौं, तब ब्रस गर्नुपर्छ । यसले गर्दा दाँतमा खानाको फोहोर जमेर बस्न पाउँदैन । खासगरी बिहान र बेलुकीको खाना पछि दुई पटक ब्रस गर्नु राम्रो हो ।

४. जथाभावी ब्रस राख्नु

ब्रसले सोझै मुखको सम्पर्कमा आउँने साधन हो । तर, हामी ब्रस गरेपछि त्यसलाई बाथरुम वा जथाभावी राख्छौं । यसले ब्रसमा ब्याक्टेरिया जम्मा हुन्छ । उक्त ब्याक्टेरिया सजिलै हाम्रो शरीरमा प्रवेश गर्न सक्छन् ।

५. पटक-पटक ब्रस गर्नु

कतिले दाँत सफा राख्न पटक पटक ब्रस गर्छन् । यसले पनि दाँतलाई फाइदा गर्दैन । यसरी पटक पटक ब्रस गर्दा दाँतको क्याबिटीमा नराम्रो असर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment