+
+
Shares

दुर्घटनामा एकको मृत्यु, एक घाइते

रासस रासस
२०७४ वैशाख २९ गते १४:५९

२९ वैशाख, हुम्ला । सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कामको खोजीमा हुम्ला आउँदै गरेका बाजुरा गोत्री वडा नं ३ बस्ने ३२ वर्षीय जगत परियारको मृत्यु भएको छ भने सोही वडा बस्ने घाइते प्रेम दमैको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?