Comments Add Comment

सरकारी सम्पत्ति नोक्सान पूराएको आरोपमा भैँसी पक्राउ

घाँसपास तथा बोटविरुवा खानु त भैँसीको काम नै हो । तर त्यहीँ घाँस खाएको आरोपमा एउटा भैँसी पक्राउ परेको छ ।

घटना भारतको उत्तर प्रदेशको । युपीको लखिमपुरस्थित खिरी क्षेत्रमा यो घटना भएको छ । स्थानीय एउटा क्याम्पस परिसरमा रहेका बोटविरुवा खाइदिएको आरोपमा पुलिसले एक भैँसीलाई पक्राउ गरेको छ ।

कलेज परिसरका बोटविरुवा खाइदिने भैँसीमाथि सरकारी सम्पत्ति नोक्सान पूराएको अभियोग लगाउँदै पुलिसले पक्राउ गरी मुद्दा दायर गरेको छ ।

खिरीको पलिया गाउँमा रहेको बलदेव वैदिक इन्टर कलेजको प्रांगणमा केही दिनअघि वृक्षारोपण गरिएको थियो । केही दिनपछि नै उक्त प्रांगणमा चर्न पुगेको एउटा भैँसीले भर्खरै रोपिएका विरुवाहरु खाइदिएर सखाप पार्यो ।

भैँसीले विरुवा खाइदिएको देखेपछि कलेज प्रशासनले पुलिसलाई खबर गर्यो । पुलिस कुनै ढिलाई नगरीकन घटनास्थलमा पुग्यो र भैँसीलाई नियन्त्रणमा लियो ।

पुलिसले भैँसीलाई पक्राउ गरी पुलिस चौकीमा लगेर चौकी बाहिर रहेको एउटा रुखमा डोरीले बाँधेर राख्यो । उक्त भैँसीमाथि सरकारी सम्पत्ति नष्ट गरेको अभियोग लगाइएको छ ।

स्मरण रहोस् भारतको उत्तर प्रदेशमा भाजपाको सरकार बनेपछि त्यहाँको पुलिसको बहादुरी ह्वात्तै बढेको छ । केही दिनअघि मात्र युपीका पूर्व मन्त्री आजम खानको चोरी भएको भैँसी पुलिसले फेला पारेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment