Comments Add Comment

सिन्धुपाल्चोकको भोटसिपामा मतदान रोकियोः हुम्लामा मन्त्री जीवनवहादुर शाहीकै गाउँमा झडप

३१ बैशाख, चौतारा । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अन्तर्गत भोटसिपा मतदान केन्द्रमा तनाव सिर्जना भएपछि मतदान रोकिएको छ ।

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले त्यहाँ हवाइ फायरसमेत गरेको छ ।

भोटसिपा केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेका बेला कांग्रेस पक्षले बलजफ्ती गर्न खोजेपछि एमाले प्रतिकारमा उत्रिएको र झडप भएको प्रहरीको भनाइ छ ।

स्थगित भएको मतदान पुनः सुचारु गर्न सहमतिको प्रयास भइरहेको सुरक्षा निकायले जानकारी दियो ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको प्रमुखमा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल उम्मेदवार बनेकाले दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् ।

हुम्लामा मन्त्रीकै गाउँमा झडप

यसैबीच हुम्लामा पनि कांग्रेस र अन्य दलबीच झडप हुँदा खार्पु मतदान केन्द्रमा केहीबेर मतदान स्थगित भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री जीवनहादुर शाहीको गाउँ खार्पुमा कांग्रेसकै बागी उम्मेदवार प्रकाशवहादुर शाही छन् ।

कांग्रेसका आधिकारिक र बागी उम्मेदवारका समूहबीच झडप भएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ । एमाले, माओवादी र बागी कांग्रेस पक्षले मन्त्री शाहीले बुथ कब्जा गरेको आरोपसमेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment