Comments Add Comment

कालिकोट झडपः प्रहरीको गोली लागेर राप्रपा उम्मेदवारको मृत्यु

१ जेठ, कालिकोट । कालिकोटमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । घटनामा घाइते भएका ३ जनालाई आज विहान हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

नरहरिनाथ गाउँपालिका ६ को नन्दादेवी मावि मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा विप्लव समूहले आक्रमण गरेको थियो । बम हान्नुका साथै मतपेटिका खोसेपछि सुरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको थियो ।

घटनामा वडा नम्बर ६ का वडाध्यक्षका राप्रपा उम्मेदवार धनरुप बटालाको निधन भएको छ ।

घटनामा उनी घाइते भएका थिए । तर, पानी परेको र विप्लव समूहले बम हानिरहेका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको र उनको निधन भएको खबर आएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले अनलाइनखबरलाई बताए ।

घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि आज विहान हेलिकोप्टरबाट पठाइएको छ ।

घटनामा पाँचजना सुरक्षाकर्मी पनि घाइते भएका छन् । विप्लव समूहले मतपत्र जलाएका छन् । उक्त मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment