+
+
Shares

भरतपुर महानगरमा रेणुलाई उछिने देवीले

सुवास पण्डित सुवास पण्डित
२०७४ जेठ २ गते ७:५०

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठवन्धनको उम्मेदवार रेणु दाहाललाई एमाले उम्मेदवार देवी ज्ञवालीले पुनः उछिनेका छन् ।

महानगरपालिका वडा नम्बर १ को मतगणना जारी रहँदासम्म यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । सोमवार अबेर साँझबाट मतगणना शुरु भएको महानगरपालिकामा एमाले मेयर उम्मेदवार देवी ज्ञवालीले झिनो मतले अग्रता लिएका छन् । ज्ञवालीले ५३१ मत ल्याउँदा रेणु दाहालले ४५१ मत प्राप्त गरेकी छिन् । अहिलेसम्म १ हजार १ सय ७५ मत गणना भएको छ ।

उपमेयर पदमा एमालेकी दिव्या शर्मा आचार्यको ४५६ र कांग्रेसकी  पार्वती शाहको ४५४ मत छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?