Comments Add Comment

मेनुका र ए गुरुङ हुँदा ‘हिटलर’लाई के फाइदा ?


अहिले नेपाली चलचित्रमा स्टार भन्दा पनि कथावस्तु हाबी भएको अवस्था हो । जतिपनि चलचित्रले व्यापार गरेका छन्, अधिकांश चलचित्र कथावस्तुकै कारण चलेका छन् ।

निर्देशक सौरभ ढकाल आफूले निर्देशन गरेको चलचित्र ‘हिटलर’ पनि कथावस्तुका कारण चल्नेमा ढुक्क छन् । उनले भने-‘यसपटक नामकै कारण पनि दर्शकलाई चलचित्रप्रति उत्सुकता छ । साथमा, चलचित्रको कथावस्तुले दर्शकलाई पुरा समय होल्ड गर्छ ।’

चलचित्रमा सोहित मानन्धर र नव-नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । तर, यो चलचित्रमा अहिले दर्शकले रुचाएका २ कलाकार मेनुका प्रधान र ए गुरुङ पनि छन् ।

निर्देशक ढकाल भन्छन्-‘ए गुरुङको कमेडी पाटोले दर्शकलाई मनोरञ्जन दिनेछ । मेनुकाको भूमिका दर्शकका लागि सरप्राइज हुनेछ ।’
उनले सोहित र सामियासँगै चलचित्रमा मेनुका र ए गुरुङ हुँदा चलचित्रकिो व्यापारमा समेत फाइदा पुग्ने बताए ।

अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्र जेठ १२ गतेबाट रिलिज हुँदैछ । कमेडी र प्रेम कथामा बनेको यो चलचित्रको ट्रेलर र गीतलाई रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment