+
+

लगानीकर्ता पर्ख र हेरको अवस्थामा, सेयर कारोबार एक तिहाईमा सिमित

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २ गते १५:३६


२ जेठ, काठमाडौं । सातामा कारोबार खोलेको दोस्रो दिन नेप्से परिसूचक दोहारो अंक (९.९९ अंक) ले घटेको छ ।

बजारमा सकारात्मक समाचारको प्रतिक्षामा रहेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बताइएको छ ।

‘चुनाव अघि देखि बढेको बजार चुनाव पछिको पहिलो दिन बढ्यो, तर त्यसपछि लगानीकर्ताहरु सकारात्मक समाचारको प्रतिक्षामा रहेको जस्तो देखिएको छ , अन्य नयाँ खबर बजारमा प्रसारित नभएकोले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका हुन्,’ नेप्सेमा सहप्रवत्ता मुरारी पराजुलीले बताए ।

बजारमा लगानीकर्ता कम देखिएपछि कारोबार रकममा पनि सुस्ति आएको छ । यस दिन बजारमा कारोबार रकम ५० करोड रुपैयाँमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?