Comments Add Comment

पञ्चकन्या माई हाइड्रो अनुमती माग्दै पुग्यो धितोपत्र बोर्ड


२ जेठ, काठमाडौं । पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनी सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

बिक्री प्रबन्धक नियुक्त भएको ६ महिनापछि कम्पनीले सेयर निष्कासन अनुमति प्रक्रिया अगाडी बढाएको हो । कम्पनीको १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा छ भने ६.१ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment