+
+

दैलेखका चामुण्डा र ठाँटीकाँधमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते १४:४१

३ जेठ, काठमाडौं । दैलेखको चामुण्डा-बिन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा एमालेले विजयी भएको छ ।

चामुण्डाको मेयरमा एमालेका सूर्यबहादुर शाहीले २७७३ मत र उपमेयरमा पनि एमालेकै तारा शाहीले २९५४ मत ल्याएर विजयी भएका छन् ।
सूर्यबहादुरका प्रतिद्वन्दी कांग्रेसका गणेश शाहीले २६७० र ताराका प्रतिद्वन्दी कांग्रेसकै इन्द्रा शाहीले २४६० मत ल्याइन ।

यता ठाँटीकाँध गाउँपालिकामा एमालेका धिरबहादुर शाही १९२४ मतका साथ अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्दी कांग्रेसका रक्ष बहादुर शाहीले १५६२ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै सुस्मिता सिंहले कांग्रेसका भद्रा शाहीलाई पराजित गरेर जियी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?