Comments Add Comment

सिउँदोमा सिन्दुर देखेपछि नीतालाई फ्यानले सोधे-‘बिहे भएको हो ?’


सामाजिक संजालमा कलाकारले लेख्ने कुरा र अपलोड गर्ने तस्बिर उनीहरुका फ्यानका लागि सधै नै कौतुहलतामा रहन्छन् । कलाकारहरु सामाजिक संजालबाटै आलोचित हुन्छन् त कतै प्रशंसित पनि ।

सामाजिक संजालमा आफ्ना तस्बिर अपलोड गर्ने कुरामा नायिका नीता ढुंगाना पनि अगाडि छिन् । नीताले सामाजिक संजालमा धेरै तस्बिर अपलोड गरेको पाइन्छ ।

हालैमात्र उनले सिउँदोमा सिन्दुर भरिएको एक तस्बिर अपलोड गरिन् । जुन, तस्बिरले नीताप्रति दर्शकको उत्सुकता बढाइदियो । उनलाइ फ्यानले सोधीहाले-‘के तपाइको बिहे भएको हो ?’ सिउँदोमा सिन्दुर भरिएको तस्बिर नीताले अपलोड गर्नुको अर्कै कारण छ । यो एक विज्ञापनका क्रममा नीताले खिचेको तस्बिर हो । तर, उनले कुनै पनि क्याप्सन नलेख्दा उनका फ्यान झुक्किए ।

प्रेमी आमेष भण्डारीसँग प्रेममा रहँदा नीताले बिहे गर्ने चर्चा थियो । तर, अहिले भने नीता म्यूजिक भिडियो, चलचित्रमा नै व्यस्त देखिन्छिन् । उनी, चलचित्र असफल भएपनि काम पाइरहने भाग्यमानी नायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment