३ जेठ, ललितपुर । चार महानगरमध्ये तुलनात्मक रुपमा ‘राम्रो’ भनिएको ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा माओवादी केन्द्र ‘रिङआउट’ भएको छ ।
माओवादी मेयरका उम्मेदवार दिनेश महर्जन ‘दीपेश’लाई साझा पार्टीका रमेश महर्जनले उछिनेका छन् ।
ललितपुर महानरपालिकाको पछिल्लो मतगणनामा एमालेका हरिकृष्ण व्यन्जनकार अघि छन् । दिउँसो साढे एक बजेसम्मको मतगणनामा व्यन्जनकार ८ हजार १५० मत पाएका छन् । कांग्रेसका चिरिबाबु महर्जनले ७ हजार ९४२ मतसहित एमाले उम्मेदवारलाई पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जनले ३ हजार ८४७ र चौथो स्थानमा रहेका माओवादीका दिनेश महर्जनले १ हजार ९७७ मत पाएका छन् ।
नयाँ शक्ति र संघीय समाजवादीको संयुक्त उम्मेदवार मदन महर्जन पाँचौ स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4