Comments Add Comment

सरकारलाई एमालेको प्रश्न- राष्ट्रसंघले पठाएको पत्र कसले लुकायो ?

महाअभियोग फिर्ता निलई संसद अधिवेशन अन्त गर्न पाइँदैन-नेम्वाङ


४ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिई संसद अधिवेशन अन्त्य गर्ने सत्तापक्षको तयारीप्रति आपत्ति जनाएको छ । महाअभियोग फिर्ता नलिएसम्म संसदमा एमालेको विरोध कामयै रहने समेत उसले प्रष्ट पारेको छ ।

सरकारले आजै संसद अधिवेशन अन्त गर्ने तयारी गरेको छ । तर, महाअभियोग फिर्ता लिने सम्भावना छैन ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोग प्रस्ताव फिर्ता नलिई संसद अधिवेशन अन्त गर्नु गैरजिम्मेवारीपूर्ण हुने बताए ।

नेम्वाङले अनलाइनखबरसँग भने- ‘संसदलाई अहिलेसम्म कुनै बिजनेश दिइएन । यत्रो समय संसदलाई कामविहीन बनाएर अहिले महाअभियोग प्रस्ताव त्यतिकै राखेर अधिवेशन अन्त गर्ने कुरा गैरजिम्मेवारीपूर्ण हो ।’

संसदमा स्थानीय तह र प्रदेश तथा संघीय संसदको निर्वाचनसम्बन्धी धेरै विधेयकहरु आउनुपर्ने अहिलेसम्म नआएको नेम्वाङले बताए ।

यसैबीच एमालेले नेपाल सरकारलाई संयुक्त राष्ट्रसंघले पठाएको पत्र लुकाइएको भन्दै संसदलाई जानकारी दिन माग गरेको छ । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग केही नेताको व्यक्तिगत स्वार्थमा अवरोध भएका कारण ल्याइएको भन्दै राष्ट्रसंघले निन्दा गरेर फिर्ता लिन सरकारलाई पत्र पठाएको एमाले नेताको दाबी छ ।

एमालेले राष्ट्रसंघको पत्र लुकाइएको भन्दै तत्काल संसदलाई जानकारी दिन माग गरेको छ । नेम्वाङले भने- राष्ट्रसंघले पठाएको पत्र किन लुकाइयो ? परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीलाई नदिएको हो कि, प्रधानमन्त्रीले पाएर लुकाएको हो ? यो कुरा संसदमा उठाउँछौं ।
यसैवीच सरकारले संसदको अधिवेशन स्थगित गरेर केही दिनपछि बजेट अधिवशेन सुरु गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment