Comments Add Comment

‘फाटेको जुत्ता’ लगाएर कैयौं पटक हिडेका छौः प्रियंका र सौगात


विरगञ्जमा छायांकन हुने चलचित्र ‘फाटेको जुत्ता’को बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभ-मुहुर्त गरिएको छ । निकेश खड्काले निर्देशन गर्ने यो चलचित्रको छायांकनका लागि आजै यसको निर्माण टिम विरगञ्जतर्फ लागेको छ ।

अर्जुन कुमारको निर्माणमा तयार हुने यो चलचित्रमा प्रियंका  कार्की, सौगात मल्ल, वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रको शुभसाइत समारोहमा मुख्य कलाकारद्धय सौगात मल्ल र प्रियंका  कार्की उपस्थित थिए । कलाकारद्धय सौगात र प्रियंका ले नयाँ कथामा काम गर्न पाउँदा खुशी लागेको बताए । अहिलेसम्म कहिले ‘फाटेको जुत्ता’ लगाएर हिड्नु भएको छ भन्ने प्रश्नमा नायिका कार्कीले भनिन्-‘त्यो त कैयौ पटक । कैले त फाटेको जुत्ता लगाएर केही पर पुगेपछि संझिएर फेरि घर फर्किएर जुत्ता परिवर्तन पनि गरेकी छु ।’ नायक मल्लले पनि नायिकाको कुरामा सहमती जनाए । उनले भने-‘मलाई एकदमै काम गर्न मन लागेको कलाकारसँग यो चलचित्रमा काम गर्न पाएको छु । ज्यादै उत्साहित छु ।’

निर्माता अर्जुन कुमारले करिब एक महिना लगाएर चलचित्रको छायांकन गरिने बताए । निर्देशक खड्काले पूर्णतया कमेडी कथामा यो चलचित्र बनाउन लागेको सुनाए । कात्तिक १७ गतेबाट यो चलचित्रको प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment