+
+
Shares

पालुङटारमा कांग्रेसका दीपक निर्वाचित, बाबुरामको पार्टी कति औं स्थानमा ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ४ गते १८:१५


४ जेठ, गोरखा । जिल्लाको पालुङटार नगरपालिकाको मेयरमा नेपाली कांग्रेस दीपक कँडेल निर्वातित भएका छन् ।  बिहीबार सम्पन्न मतगणनामा कँडेलले माओवादी केन्द्रका गुणराज देवकोटा र नयाँ शक्तिका अशोक देवकोटालाई पछि पारे ।

गणनाका क्रममा सुरुमा माओवादी र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको प्रतिस्पर्धा देखिएको थियो । तर, पछिल्ला वडाहरुमा कांग्रेसका उम्मेदवार कँडेल अगाडि रहे र त्यही मतका आधारमा मेयर जितेका छन् ।

कँडेलले ४ हजार ६९८ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादीका ४ हजार ४९१ मत पाएका छन् । नयाँ शक्तिका अशोक देवकोटा तेस्रो रहे ।

उपमेयरमा माओवादीकी पम्फा बसेल विजयी भइन् । उनले ४ हजार ४९४ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी चेतकुमारी श्रेष्ठले ४ हजार २१६ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?