Comments Add Comment

लमजुङको बेसिशहर नगरपालिकामा एमाले विजयी

४ जेठ, लम्जुङ । लमजुङको बेसिशहर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले विजयी भएको छ । प्रमुख पदमा एमाले-माओवादी गठबन्धनका उम्मेदवार गुमानसिंह अर्याल ३१४ मतअन्तरले विजयी भए ।
उनको पक्षमा ७ हजार ५९७ मत परेको छ । प्रमुख पदका प्रत्यासी नेपाली कांग्रेसका भेषबहादुर पौडेलले ७ हजार २८३ मत पाए ।
यसैगरी उपप्रमुखमा एमालेकी लक्ष्मी अधिकारी ७ हजार ५५६ मतसहित विजयी भएकी छन् । अधिकारीले उपप्रमुख पदकी प्रत्यासी कांग्रेसकी इन्दिरा तिवारीलाई ६१९ मत अन्तरले हराइन् । तिवारीको पक्षमा ६ हजार ९३७ मत परेको छ ।
लम्जुङमा चार नगरपालिका र चार गाउँपालिका गरी कुल ८ स्थानीय तह छन् । सबै स्थानीय तहमा एमाले र माओवादीले चुनावी तालमेल गरेका थिए । एमालेले बेसिशहरसहित सुन्दरबजार नगरपालिका र मर्स्याङ्दी गाउँपालिका जितेको छ भने माओवादीले दोर्दी गाउँपालिका जितेको छ । मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।
अब राइनास नगरपालिका र क्व्होलासोंथर गाउँपालिकाको परिणाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment