+
+
Shares

भरतपुरमा रेणु दाहालले लिइन् अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते ८:२८

५ जेठ, चितवन । भरतपुर महानगरको जारी मत गणनामा माओवादीका उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

रेणुले झिनो अग्रता लिएकी हुन् । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् ।

भरतपुरको मेयरमा कांग्रेसले रेणुलाई नै समर्थन गरेको थियो । तर, सुरुवाती अग्रता देवीले लिएका थिए । यो बीचमा एक पटक रेणुले अग्रता लिइन् ।

बाँकी अधिकांश समय देवीले नै अग्रता लिएका थिए । तर, शुक्रबार फेरि रेणु अगाडि देखिएकी छन् । भरतपुरको वडा नम्बर ६ को मतले रेणुलाई अग्रता दिलाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?