+
+
Shares

दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ६ गते १०:१६

६ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणनालाई लिएर दलहरुबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रबार अबेरदेखि रोखिएको भरतपुरको मत गणना सुरु भएको छ ।

निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मतगणना बहिस्कार गरेका थिए ।

प्रमुख निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मत गणना बहिस्कार गरेका थिए । शनिबार बिहान भएको छलफलमा १० बुँदे सहमति भएको छ र मतगणना पनि सुरु भएको छ ।

सहमति अनुसार अब प्रमुख निर्वाचन अधिकृतले एकजना सूचना अधिकृत तोकेर एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ ।

मतगणना स्थलमा राजनीतिक दलको प्रतिनिधिहरुको छुट्टै डेस्क राख्ने, प्रत्येक समूहबाट आउने परिणाम राजनीतिक दलका प्रतिनिधिहरुको डेस्कमा सुनाउने/देखाउने र त्यसपछि सार्बजनिक गर्ने र अन्तमा कम्प्युटरमा इन्ट्री गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

यसअघि गणनामा बसेका मुख्य निर्वाचन अधिकृतले कम्प्युटरमा मत परिणाम इन्ट्री गर्दा गलत इन्ट्री गरेको आरोप कांग्रेस, माओवादी र राप्रपाले लगाएका थिए ।

बदर मतपत्रहरुको संख्या यकिन गर्ने र सार्वजनिक गर्ने, मतगणनालाई पारदर्शी, जवाफदेही बनाउनका लागि कमी कमजोरीहरु र गुनासाहरुलाई कानुन बमोजिम पत्ता लगाई सहमतीमा समाधान गर्ने एक कार्यदल गठन गर्ने उल्लेख छ ।

प्रत्येक वडाको मतपत्रका बाकस खोल्नु अघि मतपत्र रहेको र सर्टिङ गरेको मतमा कति-कति छ भन्ने बारेमा जानकारी गराउने सहमति पत्रमा उल्लेख छ ।

दलहरुले अब वडा नम्बर १० पछि मतगणना गर्दा एक तर्फबाट घट्दो क्रममा र एकतर्फबाट बढ्दो क्रममा गर्ने सहमति पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?