+
+

यी हुन् लमजुङका दुई नगरपालिकाका महिला उपमेयर

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ६ गते १३:४०
ज्ञानु शाह र लक्ष्मीदेवी अधिकारी

६ जेठ, लमजुङ । लमजुङका दुई नगरपालिकाको उपमेयरमा महिला विजयी भएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङको सुन्दरबजार र बेसिशहर नगरपालिकाको उपमेयरमा महिलाहरु विजयी भएका हुन् ।

सुन्दरबजार नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी ज्ञानु शाह बिजयी भएकी छन् । उनले ४ हजार ३ सय २३ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रकी शान्ता भुजेलले ३ हजार चार सय ७९ मत ल्याएकी थिइन् ।

मेयरमा भने एमालेका जनकराज मिश्र विजयी भएका छन् ।

यस्तै बेसिशहर नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी लक्ष्मीदेवी अधिकारी निर्वाचित भएकी छन् । उनले ७ हजार ५ सय ७५ मत प्राप्त गरिन् । यस्तै उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्दिरा तिवारीले ६ हजार ९ सय ७३ मत ल्याएकी थिइन् । बेसिशहर नगरपालिकाको मेयरमा भने एमालेका गुमानसिंह अर्याल विजयी भएका छन् ।

दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी छुपीमाया गुरुङ निर्वाचित भइन् । उनले २ हजार ४ सय १३ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सतिमाया तामाङले १ हजार ७ सय ५६ मत ल्याइन् ।

यस्तै लमजुङको क्व्होलासोंथर गाउँपालिकाको उपप्रमुखमा कुमारीमुनी गुरुङ निर्वाचित भइन् । गुरुङले ३ हजार ३ सय ११ मत ल्याएर निर्वाचित भएकी हुन् । उनको प्रतिद्व्रन्द्वी कांग्रेसकी मनकुमारी गुरुङलेे १ हजार ७ सय ४७ मत प्राप्त गरिन् ।

९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा एउटा वडामा मात्र वडा अध्यक्ष पदमा महिला निर्वाचित भएकी छिन् । वडा नम्बर ७ मा दिलकुमारी गुरुङ अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?