Comments Add Comment

काभ्रेको नमोबुद्ध र नुवाकोटको बेलकोटगढीमा एमाले विजयी

६ जेठ, काठमाडौं । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकामा एमाले विजयी भएको छ ।

नमोबुद्धमा एमालेका टिपी शर्मा मेयरमा विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै रामदेवी तामाङ विजयी भएकी छन् ।

शर्माले ५३४६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका कुनसाङ लामाले ४९२६ मत प्राप्त गरे । यस्तै उपमेयरकी तामाङले ५१४७ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्दी कांग्रेसकै कमला खनालले ४६११ मत प्राप्त गरेकी छन् ।

बेलकोट एमालेका राजेन्द्र रमण खनाल मेयरमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment