Comments Add Comment

भरतपुर महानगरमा देवीलाई झण्डै ३ हजारको अग्रता

एमाले उम्मेदवार देवी ज्ञवाली

८ जेठ, चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवालीले माओवादी-कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहाललाई झण्डै ३ हजार मतले पछि पारेका छन् । महानगरको वडा नम्बर १२ को मतगणना चलिरहदा ज्ञवालीले रेणुलाई २९०२ मतले पछि छाडेका छन् ।

ज्ञवालीले २३ हजार २ सय ८० मत प्राप्त गर्दा दाहालले २० हजार ३ सय ७८ मत प्राप्त गरिन् ।

यस्तै उपमेयरमा माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार पार्वती शाहले २३ हजार ३ सय ९६ मत प्राप्त गर्दा एमाले उम्मेदवार दिब्य शर्मा आचार्यले २० हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् ।

महानगरको आज मात्रै वडा नम्बर ११, २८ गणना गरिसकिएको छ । वडा नम्बर ११ मा एमालेका उम्मेदवार बाबुराम अधिकारी र वडा नम्बर २८ मा एमाले उम्मेदवार आशबहादुर कुमालले प्यानल सहित जित हात पारे । यी दुबै वडा एमालेका बलिया वडा हुन् ।

वडा नम्बर १२ मा पनि एमाले अगाडि छ ।

भरतपुर महानगरपालिकाका कुल २९ वडामध्ये हालसम्म १३ वटा वडाको मत गणना गरेर सकिएको छ । त्यसमध्ये एमाले वडा नम्बर २, ४, ५, ७, ९, १०, ११, २८ र २९ मा बिजयी भएको छ भने कांग्रेसले वडा नम्बर १, ३, ६ र ८ जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment