Comments Add Comment

ऐश्वर्य रायको व्युटी सेक्रेट, यस्तो छ उनको डाइट चार्ट

यस्तो लाग्दैन, बलिउड अभिनेत्री ऐश्वर्य राय उमेरले ४३ बर्ष पुगिन् । एक सन्तानकी आमा उनको बैशालु रुपरंग अझै उस्तै छ । ऐश्वर्यको सौन्दर्यको जादुले जो कोहिलाई लठ्याउने सामथ्र्य राख्छ, अहिलेपनि । उनी फिट एन्ड फाइन छिन् । किनभने उनी आफ्नो सौन्दर्य र स्वास्थ्यका लागि निकै सर्तक छिन् । भनिन्छ, ऐश्वर्यको सौन्दर्यको राज उनले जीउने प्राकृतिक जीवनशैली नै हो ।

ऐश्वर्य प्राकृतिक खानपानमा रुची राख्छिन् । तारेको भोजन, जंक फूड, प्याकेज्ड फूड, अल्कोहल, धुमपान आदि सेवन गर्दिनन् । नियमित रुपले जिम जान्छिन् । हिँड्न रुचाउँछिन् । पावर योगा गर्छिन् । दैनिक करिब ४५ मिनेट योग गर्छिन् ।

त्यसो त ऐश्वर्यको सौन्दर्य र फिटनेसमा उनको खानपानले पनि खास भूमिका खेलेको छ ।

दिनको सुरुवात

ऐश्वर्य आफ्नो दिनको सुरुवात एक गिलास मनतातो पानी र मह वा कागतीबाट गर्छिन् । मनतातो पानीमा मह र कागती मिसाएर सेवन गर्दा हाम्रो शरीरको मोटोपन कम हुन्छ । साथै यसले छालामा पनि निदार ल्याउँछ ।

नास्तामा ब्राउन ब्रेड

ऐश्वर्य नास्तामा ब्राउन ब्रेड र ओट्स प्रयोग गर्छिन् । यसका साथै उनले एक गिलास दुध पनि लिने गरेकी छिन् ।

हरेक दुई घण्टामा केही खाने

ऐश्वर्यले हरेक दुई घण्टामा केहि न केहि खाएकै हुन्छ । यद्यपी यसका लागि उनले फल र नट्स प्रयोग गर्छिन् ।

लन्चमा उसिनेको सब्जी र दाल

उनी आफ्नो लन्चमा उसिनेको सब्जी सेवन गर्छिन् । यसको फाइदा के छ भने, उसिनेको सब्जीमा सबै पोषक तत्व सुरक्षित हुन्छ जो सजिलै पच्छ । त्यतीमात्र होइन, यसमा फ्याट पनि कम हुन्छ । यसका साथै उनले दाल र चिया पनि सेवन गर्ने गरेकी छिन् ।

डिनरमा ब्राउन राइस र ग्रिल्ड फिश

ऐश्वर्य आफ्नो डिनरमा ब्राउन राइस खान्छिन् । यतिबेला उनलाई गि्रल्ड फिस पनि चाहिन्छ । कहिले कहिं मेंगलोरियन फिश करी वा चिकन करी पनि खाने गर्छिन् ।

दिनभर पर्याप्त पानी

ऐश्वर्य दिनभरमा आठ गिलास पानी पिउने गर्छिन् । यसले गर्दा शरीरमा पानीको अभाव हुन पाउँदैन साथै छाला पनि हायड्रेट रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment