Comments Add Comment

देशलाई भारतमुखी र चीनमुखी बनाउने प्रयास भयोः बाबुराम

९ जेठ, कञ्चनपुर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रियता र स्वाधीनताको प्रश्नमा मुख्य शक्तिहरु विभाजित हुनु दुःखद भएको बताएका छन् ।

मंगलबार बिहान कञ्चनपुरमा आयोजित पत्रकार भेटघाटमा भट्टरार्इले केही भारतीय र केही चीनलार्इ रिझाउन लागेको आरोप लगाए ।

‘यहाँ एउटा पक्ष भारतीय शक्ति केन्द्रलाई रिझाउने र अर्को पक्ष नयाँ शक्ति केन्द्रको रुपमा उदाएको चीनलाई रिझाएर अर्को ध्रुव खडा गर्ने प्रयासमा रहेका छन्,’ उनले भने, ‘यसरी देशलाई दक्षिण र उत्तरतिर तानातान गरेर अथवा भारतमुखी र चीनमुखी बनेर मुलुकको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्तामाथि आँच पुर्‍याउने काम भइरहेको छ ।’

यस्तो ध्रुवीकरण देशभित्र मात्र होइन, बाह्य शक्ति केन्द्रहरुलाई निम्त्याएर देशलाई ठूलो सामरिक केन्द्र बनाउने प्रयास भइरहेको बताए ।

भट्टरार्इले पहिला स्थानीय तहको चुनाव गरेर सरकार उल्टो बाटोमा हिडेको बताए । उनले भने, ‘उहाँहरुको नैतिकता हुन्थ्यो भन्नुभयो संविधान बनाउन पाएको म्याण्डेट लिएर अहिलेसम्म सत्तामा बसिराख्ने होइन, सुरुमै संसदको निर्वाचन गराउनु पर्दथ्यो ।’

संघीयतामा गएपछि पहिले केन्द्र, अनि प्रदेश र त्यसपछि स्थानीय तहको निर्वाचन गर्नु सुल्टो बोटो हुने उनले बताए । उनले अघि भने,’उहाँहरुलाई आफ्नो आधार खस्केला भन्ने डरले भागबन्डामा अल्झिनुभएको छ र उल्टो बाटो हिँडिरहनु भएको छ, त्यो संघीयताको मर्म र भावना विपरित छ ।’

संयोजक डा. भट्टराईले विभिन्न प्रतिकूलताका बावजुद अहिलेको चुनावलाई संघर्षको मोर्चाको रुपमा प्रयोग गरिरहेको बताए । उनले भने, ‘एक वर्ष पनि नपुगेको १०/११ महिनाको पार्टीले देशैभरी प्रतिष्पर्धा गर्न सक्ने अवस्था पनि थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment