Comments Add Comment

चुनावमा दल परिवर्तनः कसैलाई फलिफाप, कसैलाई घर न घाट

१० जेठ, काठमाडाडौं । एमाले पारिवारिक पृष्ठभूमिका व्यवसायी राजकुमार पौडेल चुनावको मुखमा सबैलाई चकित पार्दै माओवादी केन्द्र प्रवेश गरे । केन्द्रले तत्कालै उनलाई सिन्धुपाल्चोकको  भोटेकोसी गाउँपालिका अध्यक्ष उम्मेदवारका रुपमा प्रस्तुत गर्यो । हार्ने पार्टीबाट उम्मेदवार बनेर राजकुमारले छवि बिगार्ने भए भनी उनको आलोचना पनि भयो । कांग्रेस किल्ला मानिएको यो क्षेत्रबाट उसले तत्कालीन लिस्ति गाविसका अध्यक्ष साङ्बु शेर्पालाई अघि सारेपछि पौडेल सहजै पराजित हुने बहुसंख्यकको अनुमान थियो ।

तर, धेरैको अनुमानलाई गलत साबित गर्दै पौडेलले पक्षमा परिणाम निकाले । बलिया मानिएका शेर्पालाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए ।

हेलम्बुका निमाग्इाल्जेन शेर्पा पनि यो मामिलामा माहिर देखिए । ०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई क्षेत्र नं. ३ बाट उम्मेदवार बनायो तर, चौथो स्थानमा रहेर लज्जास्पद हार व्यहोरे । कांग्रेसले जनजातिलाई उपेक्षा गरेको आरोप लगाउँदै उनले ०७० को संविधानसभा मुखैमा पार्टी छाडे । तर, उनी स्थानीय तह निर्वाचनको मुखैमा फेरि कांग्रेस प्रवेश गरे ।

सम्बन्ध विच्छेद गरेको पार्टीसँग पुनः सम्बन्ध जोडेका उनले बाजी मारेरै छाडे । एमालेका हस्ती जिल्ला पार्टी पूर्वअध्यक्ष हस्त पण्डितलाई पराजित गर्दै उनी हेलम्बु गाउँपालिकाको अध्यक्ष निर्वाचित भए ।

सिन्धुपाल्चोक जिल्लामा चुनावको मुखमा दल फेरेर हार्ने अभागी पनि छन् । बाह्रबिसेका बुद्धराज बस्नेत यस्तो सूचीमा एक नम्बरमा पर्छन् । कांग्रेस जिल्ला सदस्य उनी मनोनय दर्ता गर्नु २४ घन्टापूर्व माओवादी केन्द्र प्रवेश गरेर बाह्रबिसे नगरपालिकाको मेयर उम्मेदवार बने । कांग्रेसले टिकट नदिएपछि उनी माओवादी छिरेका थिए । तर, उनी तेस्रो स्थानमा सीमित भए । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment