Comments Add Comment

माओवादीले कारबाही गरेका खनालले जिते भरतपुर महानगरमा वडाध्यक्ष

 

१० जेठ, काठमाडाैं । भरतपुर महानगरको मेयर बन्नका लागि एमालेका देवी ज्ञवाली र माओवादीकी उम्मेदवार रेणु दाहालबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मत परिणाम आउन केही दिन लाग्नेछ । तर, वडाहरुको परिणाम भने आइरहेको छ ।

भरतपुरको वडा नम्बर २६ को वडाध्यक्षमा ज्ञानप्रसाद खनाल विजयी भएका छन् ।

खनाल तिनै हुन्, जसलाई एमालेसँग तालेमल गरेको भन्दै माओवादीले कारबाही गरेको थियो ।

मेयरमा कांग्रेस र माओवादीबीच तालमेल हुनु अघि नै वडा नम्बर २६ मा तालमेल भएको थियो । एमालेले वडाध्यक्षमा समर्थन गर्ने र बाँकी चार सदस्य माओवादीले छाड्ने समझदारी भयो ।

तर, मेयरमा कांग्रेस र माओवादीबीच तालमेल भएपछि वडाध्यक्षका उम्मेदवार खनाल नै कारबाहीमा परे ।

एमालेसँग तालमेल गरेको भन्दै माओवादी जिल्ला नेतृत्वले वडाध्यक्षका उम्मेदवार ज्ञानप्रसाद खनाललाई पार्टीबाट निस्कासन मात्र गरेन, वडाध्यक्षमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनायो । तर, माओवादीबाट कारबाही झेलेका खनाल वडाध्यक्षमा बिजयी भए ।

खनाल १६५८ मत ल्याएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १४६० मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment