Comments Add Comment

कसले गर्ला धेरै व्यापार ?, ‘कृ, छक्का पन्जा २’ वा अरु कुनै ?


गतबर्ष निर्माता माधव वाग्लेको एउटै चाहना थियो, जसरी हुन्छ चलचित्र ‘छक्का पन्जा’ले राखेको रेकर्ड तोड्ने । चलचित्र ‘लुट २’ले ‘छक्का पन्जा’ ले बनाएको १५ करोड माथिको रेकर्ड तोड्ने भन्दै माधव खुबै कुर्लिएका थिए । उनले, जसरी पनि यो व्यापारलाई आफ्नो चलचित्रको व्यापारले तोड्ने भन्दै मिडियामा अन्र्तवार्ता पनि दिए । तर, माधवको सपना पुरा हुन सकेन । ‘लुट २’ले ‘छक्का पन्जा’ को कमाइको आधा व्यापार पनि गरेन ।

यतिबेला धेरै निर्माताको टार्गेट ‘छक्का पन्जा’को व्यापार तोड्ने छ । यो बर्ष पनि यो टार्गेटको पछाडि धेरै निर्माता दौडने छन् । निर्माता दीपकराज गिरीलाई ‘छक्का पन्जा २’ले ‘छक्का पन्जा’को रेकर्ड तोड्छ भन्ने आश छ । यसैले, यो बर्ष कुन चलचित्रले सर्वाधिक धेरै कमाइको रेकर्ड बनाउला भन्ने प्रतिक्षा धेरैमा छ ।

यो बर्ष प्रदर्शनमा आउने धेरै चलचित्र प्रतिक्षामा छन् । यो बर्ष कलाकार खगेन्द्र लामिछाने ‘धनपति’ मार्फत दर्शकमाझ आउँदैछन् । २ बर्ष अगाडिको हिट चलचित्र ‘प्रेमगीत’को सिक्वेल पनि यसै बर्ष रिलिज हुँदैछ ।

नायक पल शाह र नायिका पूजा शर्माको जोडी ‘म यस्तो गीत गाउँछु’ मार्फत दर्शमाझ आउँदैछन् । यसैबर्ष चलचित्र ‘कृ’ पनि रिलिज हुँदैछ । यो बर्ष यदि कुनै चलचित्र सबैको आँखामा सबैभन्दा बढी परेको छ भने, त्यो नायक अनमोल केसी अभिनित ‘कृ’ हो । अनमोल डेढ बर्ष लामो ग्यापपछि दर्शकमाझ आउन लागेकाले पनि यो चलचित्र प्रतिक्षामा रहेको हो ।

यसैबर्ष, नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनमान बाँनिया अभिनित चलचित्र ‘ए मेरो हजुर २’ पनि रिलिज हँुदैछ । पहिलो गीतको भिडियो सार्वजनिक भएसँगै यसले दर्शकको मनमा बास पाइसकेको छ ।

निर्देशक रामबाबु गुरुङ चलचित्र ‘मिस्टर झोले’ लिएर यसैबर्ष दर्शकमाझ आउँदैछन् । यी बाहेक यो बर्ष रिलिज हुन लागेका धेरै चलचित्र कलाकार, ब्यानर, निर्देशक र मेकरका कारण चर्चामा रहेका छन् । सबैको आंकक्षा धेरै भन्दा धेरै व्यापार गरौ भन्ने नै हुन्छ । यो बर्ष कुन चलचित्रले सबैभन्दा धेरै व्यापार गर्ला भनेर आँकलन गर्न गाह्रो छ । कारण, दर्जन बढी चलचित्रले यो बर्ष व्यापारको आशा देखाउने पक्का छ ।
यो बर्ष सर्वाधिक धेरै कमाउने चलचित्र कुन बन्ला ? कृपया आफ्नो प्रतिक्रिया दिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment