११ जेठ, चितवन । भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मदेवार रेणु दाहालवीचको मतान्तर साँघुरिन थालेको छ ।
पछिल्लो परिणाम अनुसार वडा नं २५ मा माओवादीका वडाध्यक्ष विजय भुजेलले जित हात पारेका छन् । तर, वडा सदस्यमा भने एमालेले जितेको छ ।
मंगलबार साँझसम्म देवी र रेणुको मतान्तर ३८ सयको हाराहारीमा थियो । बुधबार बेलुका सम्म यो मतान्तर थप साँघुरिएर २१ सयमा झरेको थियो । विहीबार बिहानसम्म आइपुग्दा एमाले र माओवादीका मेयर उम्मेदवारको मतान्तर १७४९ मा समेटिएको छ ।
वडा नं २५ को मतगणना गरिसक्दा मेयर पदका प्रत्यासी एमालेका देवी ज्ञवालीले ३०६८२ मत पाएका छन् भने रेणु दाहालले २८९३३ मत पाएकी छिन् ।
अब वडा नं १५ देखि २४ सम्म मत गणना हुन बाँकी छ । यीमध्ये अधिकांश वडाहरु नेपाली कांग्रेसका गढ मानिन्छन्, जहाँबाट ज्ञवालीलाई भन्दा रेणुलाई बढी मत झर्ने गठबन्धनका नेताहरुको दाबी छ ।
प्रतिक्रिया 4