Comments Add Comment

पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित

सेवाग्राहीले पाउने झञ्झटको अन्त्य पहिलो कामः जिसी

१२ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी निर्वाचित भएका छन् ।

गत बैशाख ३१ गते भएको स्थानिय तहको नर्वाचन अन्तर्गत भएको निर्वाचनमा नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७ सय २ मतको अन्तरले हराउँदै जिसी मेयरमा निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित जिसीले ६० हजार ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे । संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति गठबन्धनका हुमबहादुर गुरुङ्ग र ३ हजार १७० मत पाउँदा राप्रपाकी गीता गुरुङ्गले २ हजार २ ७२ मत पाइन् ।

उपमेयरमा पनि नेकपा एमालेकी मञ्जु गुरुङ्ग बिजयी भइन् । उनले कांग्रेसकी सरस्वती गुरुङ्गलाई १२ हजार ११० मतले पराजित गर्दै उपमेयरमा निर्वाचित भइन् । मञ्जुले ५६ हजार ४४८ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङ्गले ४४ हजार ३३८ मत प्राप्त गरिन् ।

उपमेयरका माओवादी उम्मेद्वार गोमा ढकालले ८ हजार ७९६, राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८ ४०, संघीय समाजवादी फोरम र नयाँशक्ती गठबन्धनकी लक्ष्मी खाती परियारले १ हजार १ पाइन् ।

मेयरमा पराजित उम्मेद्वार रामजी कुँवरले बिजयी जिसीलाई बधाई दिएका छन् । कुवरले निर्वाचन कार्यालयले अन्तिम परिणाम सार्वजनिक गरेलगत्तै जिसीलाई फोन गरेर बधाई दिएका हुन् ।

उनले जनमतको आफूले कदर गर्ने र पोखराको विकास र समृद्धीमा जिसीलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । साथै जिसीलाई पार्टी भन्दा माथी उठेर पोखरा र पोखरेलीको हितको लागि काम गर्न सुझाव दिएका छन् ।

सेवाग्राहीले पाएको झञ्झटको अन्त्य पहिलो कामः जिसी

मेयरमा निर्वाचित मानबहादुर जिसीले महानगरपालिकामा हुने गरेको झञ्झटको अन्त्य आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । त्यसको अनुभुति पदबहाली भएको भोलिपल्टै महसुस गराउने दाबी गरे ।

बिजयी भएपछि पत्रकारसँग कुरा गर्दै जिसीले सडक मर्मतसम्भार आफ्नो दोश्रो प्राथमिकता भएको बताए । जिसीले आफूले मत माग्ने क्रममा जारी गरेको घोषणा पत्र र बोल्दा घोषणा गरेको २४ घण्टा भित्र सडक मर्मत गर्ने कुरा पदबहाली भएको दुई चार दिनमै लागु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पिड रिपेयर टिम बनाएर सडक मर्मत सम्भार शुरु गर्ने र २४ घण्टामै रिपेयर गरिसक्ने दाबी गरे ।

जिसीले पोखरामा भएको भद्रगोल पार्किङ्ग ब्यबस्थापन चुस्त बनाउनु आफ्नो तेश्रो प्राथमिकता भएको बताए । त्यस्तै, नाला ब्यबस्थापन पनि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

जिसीले आफूले घोषणा पत्रमा ५ वर्षमा ५ मुख्य काम उल्लेख गरेको बताउँदै भने, ‘म मैले बोलेका र घोषणापत्रमा उल्लेख गरेका कुरा पूरा गर्न लागि पर्छु, प्रविधी मैत्री सेवाग्राही, युवा उद्यमीहरुको सहर, स्वच्छ खानेपानी, स्वस्थ समाज र दिगो विकासको पूर्वाधार मेरो प्राथमिकता हो ।’

जिसीले सडक, खोलानाला र तालको मापदण्ड तोकेर त्यस वरपर बनेका संरचना हटाउने घोषणा गरे । बेथितिको पराकाष्ठा भएको बताउँदै भने, ‘अब पनि नगरे पछि आउने पुस्ताले सराप्ने छन्, अब म बिस्तृत अध्ययन गरेर ५० देखि १०० वर्षसम्म थेग्ने गरी मापदण्ड तोकेर त्यसको कार्यान्वयन गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment