जब कुनै चलचित्रमा आफूले छोटो भूमिकामा काम गरेपनि, चर्चा भयो भने कलाकारहरु मेरो पहिलो चलचित्र भनेर नाम लिन पछि पर्दैनन् । कलाकार मात्र होइनन्, निर्देशकको हकमा पनि यस्तै कुरा लागू हुन्छ ।
चलचित्र हिट भयो पनि, म फलानो फिल्मको निर्देशक भनेर फुर्ती लगाउन पछि पर्दैनन् । तर, जब चलचित्रले पानी भन्दैन उनीहरु त्यसको नाम समेत लिन चाहन्नन् । र हिट चलचित्र नै आफ्नो पहिलो हो भन्दै हिड्छन् ।
नव-नायिका सन्ध्या केसीको हकमा पनि अहिले यस्तै कुरा लागू भैरहेको छ । चलचित्र ‘ड्रिम्स’मा उनले पहिलो पटक काम गरिन् । तर, अहिले उनी यो चलचित्रलाई आफ्नो पहिलो मान्न तयार नै छैनन् ।
सन्ध्याले पूर्ण नायिकाको रुपमा चलचित्र ‘कमलेको बिहे’मा काम गरेकी छिन् । अहिले उनी, यही चलचित्रलाई आफ्नो डेब्यू चलचित्र भनिरहेकी छिन् ।
सन्ध्याले भूवन केसी निर्देशित चलचित्र ‘ड्रिम्स’मा लामै भूमिका पाएकी थिइन् । तर, पछि भूवनले सबै काटिदिएका थिए । यसैले, पनि उनी अहिले अनमोल केसी स्टारर चलचित्रलाई डेब्यू मान्न तयार छैनन् । नेपाली चलचित्रमा यस्तो भनाई धेरै कलाकारको मुखबाट सुनिन्छ ।
प्रतिक्रिया 4