
१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो ।
मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ । यसबारे अहिले छलफल चलिरहेको छ ।
अब १९ र २० नम्बर वडाको मत गन्न बााकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।
देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4