+
+
Shares

रणवीर र दीपिका ‘लिभ इन’ मा, तर कहिलेसम्मलाई ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १५ गते ८:४०

रणवीर सिंह र दीपिका पादुकोणको प्रेमसम्वन्धले नयाँ मोड लिएको छ । अब उनीहरु ‘लिभ इन’ मा बस्ने तयारीमा छन् ।

पछिल्लो समय यो जोडीको सम्वन्धमा दरार आएको आशंका गरिएको थियो । तर लिभ इनको खबरले यो आशंकालाई असत्य सावित गरिदिएको छ ।

त्यसो त रणवीर र दीपिका सँधैका लागि सँगै बस्न लागेका भने होइनन् । खासमा उनीहरु अहिले निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’मा व्यस्त छन् । यस फिल्मको सुटिङ अहिले मुम्बईको दहीसरमा चलिरहेको छ ।

दीपिका र रणवीरलाई यो फिल्मको सुटिङका लागि बारम्बार मुम्बईबाट आउजाउ गर्नुपर्छ । यही झन्झटबाट मुक्ति पाउन उनीहरुले लिभ इनमा बस्ने निर्णय लिएका हुन् । दहीसरमा सुटिङस्थलको नजिकै उनीहरुले एउटा घर भाडामा लिइसकेका छन् । फिल्मको सुटिङ अवधिभरी उनीहरु यही घरमा बस्नेछन् ।

यसरी सँगै बस्दा एकातर्फ उनीहरुले गहिरोसँग एक-अर्काको प्रेममा डुबुल्की मार्ने अवसर पाउने छन् भने अर्कोतर्फ दिनैपिच्छे मुम्बईबाट ओहोरदोहोर गर्नुपर्ने वाध्यताबाट छुट्कारा पाउने छन् । फिल्मका निर्देशक भन्साली पनि दीपिका र रणवीरको यो निर्णयबाट खुशी छन् । उनीहरु सँगै बस्दा बोन्डिङ राम्रो हुने र फिल्ममा पनि त्यसको सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ ।

त्यसो त उनीहरुको अफेयरबारे बच्चा बच्चालाई थाहा भइसक्दा पनि उनीहरु स्वयम्ले भने यसलाई स्वीकार गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?