Comments Add Comment

भारतीय चलचित्रलाई रोक्न हामीले नै मिहिनेत गर्नुपर्छः हरिवंश


कथा राम्रो नभएका कारण नेपाली चलचित्रहरु दिनानुदिन असफल भैरहेको हाँस्य कलाकार हरिवंश आचार्यले आरोप लगाएका छन् । चलचित्र पत्रकार संघ दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उनले नेपाली चलचित्रले राम्रो व्यापार गर्न नसक्नुको कारण नै कथावस्तु उत्कृष्ट नहुनु रहेको बताए ।

उनले भने-‘दिनप्रतिदिन थुप्रै चलचित्रहरु निर्माण हुने तर प्रायजसो सबै चलचित्रको कथावस्तु उस्तै खालको हुँदा चलचित्रहरु चल्न छाडेका हुन् ।’ राम्रो देखिने अनुहारलाई मात्र चलचित्रमा लिएर चलचित्र नचल्ने भन्दै हरिवंशले कथावस्तुमा नै जोड दिन निर्माता-निर्देशकलाई आग्रह गरे ।

नेपाली बजारबाट भारतीय चलचित्रका लागि थुप्रै रकम बाहिरिएको भन्दै आचार्यले त्यसलाई रोक्न नेपालमै त्यस्ता खालका चलचित्र बन्नुपर्ने धारणा राखेका थिए ।

उनले अगाडि भने-‘हाम्रो समयमा खासै प्रविधिको विकास भएको थिएन । तर, दर्शकहरुलाई हामीले भरपुर मनोरञ्जन दिएका थियौ । यसैले, म प्रविधिको यो उच्च विकास भएको समयमा, नेपाल र नेपालीको इज्जत राख्नेगरि चलचित्र बनाउन सबैसँग आग्रह गर्दछु ।’

आफ्नो नयाँ पुस्तक ‘हरिबहादुर’को प्ुस्तक यात्राका क्रममा हरिवंश दाङ पुगेका थिए । उनले यो पुस्तकमा आफू वियोगमा परेपछि आफ्नो भावनाहरुलाई पुस्तकमा उतारेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment