१८ जेठ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि आन्तरिक तयारी थालेका छन् ।
संसद्मा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ । देउवाले बुधबार साँझ आफूनिकटका नेताहरुसँग सरकारका विषयमा अनौपचारिक छलफल गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय बुधबार मध्यरात सकिएको छ । बिहीबार राष्ट्रपति भण्डारीले सभामुखलाई प्रधानमन्त्री निर्वाचनका लागि बहुमतीय प्रक्रिया सुरु गर्न पत्र पठाएपछि कांग्रेसले औपचारिक रुपमा दलहरुसँग छलफल गर्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4