+
+
Shares

सुर्खेतमा आगलागी, दमकल नहुँदा नियन्त्रणमा आउन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १८ गते ७:०४

१८ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१०, सुर्खेतमा बिहीबार बिहान आगलागी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको न्यू कोटेश्वर टायर रिसोलिङ सेन्टरमा आगो लागेको हो ।

बिहीवार बिहानैदेखि आगलागी भए पनि सुर्खेतमा दमकल नहुँदा अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले अहिले आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीका कारण करोडौँका सामान जलेर नष्ट भएको अनुमान गरिए पनि क्षतिको विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?