+
+
Shares

भद्रपुर विमानस्थलबाट भारुसहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १८ गते ८:४६
फाइल तस्वीर

१८ जेठ, झापा । प्रहरीले जिल्लाको भद्रपर विमानस्थलबाट अवैध भारतीय रुपैयाँसहित बिहीबार बिहान एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले भारतको रायगढा उडिसा स्थायी ठेगाना भएका २४ वर्षीय भवानी शंकर नाइडुलाई काठमाडौंतर्फ जान लागेको अवस्थामा अवैध भारुसहित पक्राउ गरेको हो ।

उनको साथबाट दुई हजार दरको १ सय २५ थान भारतीय नोट फेला पारिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?