Comments Add Comment

मनिषा भन्छिन्- डिभोर्स हुनुमा दोष मेरै

अभिनेत्री मनिषा कोइरालाले आफ्नो रिल लाइफ र रियल लाइफ दुवैमा निकै उतारचढाव व्यहोरेकी छिन् । कुनै समय उनी बलिउडकी चर्चित नायिका थिइन् । तर अहिले उनलाई धेरैले बिर्सिसके ।

सन् २०१० मा सम्राट दाहालसँग घरजम गरेकी मनिषाको वैवाहिक जीवन लामो समय टिक्न सकेन । उनले दुई वर्षपछि नै श्रीमानसँग डिभोर्स गरिन् । अहिले उनी आफ्नो असफल बैवाहिक जीवनका लागि आफैंलाई दोष दिन थालेकी छिन् ।

हालै एक अन्तरवार्तामा मनिषाले भनिन्, ‘विवाहलाई लिएर मेरो एउटा फरक सपना र विचार थियो । म बिहे गर्न चाहन्थेँ तर पछि मैले महसुस गरेँ कि म यसका लागि बनेकी होइन रहेछु । मेरो वैवाहिक जीवन असफल हुनुमा अरु कसैको दोष छैन । दोष मेरै छ ।’

उनले अगाडि भनिन्, ‘यदि तपाईं कुनै खराब सम्वन्धमा हुनुहुन्छ भने एक अर्कासँग अलग हुनु नै श्रेयस्कर हुन्छ । यसो भएमा तितोपना आउँदैन । मैले विवाहका विषयमा छिटो निर्णय लिएँ र छिटै सम्वन्ध ट्ट्यो । यसका लागि म आफैंलाई जिम्मेवार सम्झिन्छु ।’

सन् २०१२ मा सम्राटसँग डिभोर्स लिएकी मनिषालाई त्यही वर्ष क्यान्सरले समातेको थियोउ । उनले न्यूयोर्कमा क्यान्सरको उपचार गराइन् र २०१५ मा आफू ठीक भएको घोषणा गरिन् ।

मनिषाले यसै वर्षको अन्त्यसम्ममा सन्तानको रहर पुरा गर्ने योजना बुनेकी छिन् । उनी भन्छिन्, ‘धर्मंपुत्र/पुत्री ग्रहण गरेपछि मेरो पुरा जीवन उसैको वरिपरी बित्नेछ ।’

मनिषाले फिल्म ‘डियर माया’ मार्फत बलिउडमा पुनरागमन गरेकी छिन् । शुक्रबार रिलिज हुने यो फिल्ममा उनले अधवैंशे महिलाको भूमिका निर्वाह गरेकी छिन् । यसैगरी उनी सञ्जय दत्तको वायोपिकमा पनि देखिदैछिन् । यो फिल्ममा उनी सञ्जयकी आमा नरगिस दत्तको भूमिकामा देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment