+
+
Shares

९ महिनामा एक लाख रुख काट्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २० गते ६:००

२० जेठ, काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना निर्माणका लागि नौ महिनामा एक लाखभन्दा धेरै रुख काट्न अनुमति प्रदान गरिएको छ । जलविद्युत्त, सडक, खानेपानी, रेलवे, सिँचाइलगायतका आयोजना निर्माणका लागि भन्दै सरकारले १ लाख १० हजार ४ सय ८० वटा रुख काट्न अनुमति दिइएको वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ । यो ०७४ भदौदेखि ०७५ वैशाखसम्ममा काट्न अनुमति दिइएको रुखको संख्या हो ।

सबैभन्दा धेरै जलविद्युत्त क्षेत्रमा ५४ हजार ४ सय ३१ रुख काट्न स्वीकृति प्रदान गरिएको मन्त्रालयका प्रवक्ता धनन्जय पौलेलले बताए ।

रेलमार्गका लागि ११ हजार १ सय २३, सडक क्षेत्रमा ७ हजार २ सय ५९ र खानेपानीका लागि २ हजार ८ सय ९२ वटा रुख काट्न अनुमति दिइएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?