+
+
Shares

एसईई परीक्षाको नतिजा असर पहिलो साता

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते ६:१३
फाइल तस्वीर

२१ जेठ, काठमाडौं । परीक्षा नियण्न्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) को नतिजा ढिलोमा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ ।

जेठ अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी भए पनि सम्भव नभएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । विगत वर्षमा लिइने एसएलसी परीक्षाको नाम यस वर्षदेखि शिक्षा ऐन संशोधनसँगै एसईई बनाइएको हो ।

परीक्षामा नियमित र आंशिक गरी पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन् । परीक्षा गत चैत ३ गतेदेखि भएको थियो । परीक्षा नियन्त्रक रेग्मीका अनुसार, अहिले विभिन्न जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भएर आएको प्राप्तांकलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?