Comments Add Comment

यमुनासँग माया किन हुन्छ भनेर सोध्दै सन्तोष लामा(भिडियो)


गीतकार कृष्ण केसीले यस अगाडि ‘आफ्नो मन, कसले सुरुवात गर्‍यो’ लगायतका चर्चित गीत श्रोतामाझ ल्याइसकेका छन् । उनै, केसीले लेखेको ‘कोहि त बताइदेउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

हरि लम्सालको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ । ‘दोश्रो नेपाली तारा’ सन्तोष नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गीतको गायनमा चर्चित छन् । ‘बेहुली, बटुवा’ जस्ता गीत बजारमा ल्याइसकेका सन्तोषले चलचित्र ‘विर्खेलाई चिन्छस्, प्रेमगीत’ जस्ता चलचित्रमा समेत स्वर दिइसकेका छन् ।

सन्तोष यो गीत आफूलाई निकै मन परेको बताउँछन् । सन्तोषको चौथो एल्बम ‘सहकार्य’मा यो गीत समावेश हुनेछ । सन्तोषले एल्बम चाडै नै बजारमा आउने बताए ।

यो गीतको भिडियोमा जीवन रसाइलीको सम्पादन, छायांकन र निर्देशन छ । गीतको भिडियोमा सुमन कँडेल, यमुना गैरेको मोडलिङ हेर्न सकिन्छ ।

गीतमा सन्तोषले कसैसँग माया किन हुन्छ ? भनेर प्रश्नको जवाफ खोजिरहेका छन् । यो गीतले आफूलाई नयाँ उचाँइ दिने सन्तोषको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment