Comments Add Comment

राजेन्द्र महतो र राजकिशोरमात्र चुनावको बिपक्षमा, चुनावमा जाला त राजपा ?

२२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीमा दोस्रो चरणको निर्वाचनमा सहभागिताबारे विवाद भएको छ । राजपाभित्र राजेन्द्र महतो र राजकिशोर यादवले निर्वाचनमा जान नहुने तथा मेहन्द्र राय यादव र शरतसिंह भण्डारीले निर्वाचनमा जानुपर्ने बताएपछि विवाद सुरु भएको हो । नेताहरु महन्थ ठाकुर र अनिल झा निर्वाचनमा जाने नजाने विषयमा खुलेका छैनन् ।

राजपाभित्र अहिले निर्वाचनमा सहभगी हुने मत बलियो छ । विजय गच्छदार र उपेन्द्र यादव निर्वाचनको तयारीमा लागेपछि राजपा दबाबमा परेको छ । स्थानीय तहमा आफ्ना प्रतिनिधि नहुँदा प्रदेश र संघीय निर्वाचनको आधार समाप्त हुने चिन्ता नेताहरुमा छ । मधेसमा २६ सय वडाध्यक्ष निर्वाचित हुँदैछन् । र, १० हजार ४ सय वडा सदस्य हुनेछन् । निर्वाचनमा नजाँदा प्रतिनिधिको ठूलो संख्या पार्टीले गुमाउने डर राजपामा छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment