Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः लम्बियो प्रधानमन्त्री निर्वाचन

२२ जेठ, काठमाडौं । नेकपा एमालेको संसद्मा जारी अवरोधका कारण प्रधानमन्त्री निर्वाचन लम्बिएको विषयलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।
संसद् अवरोध जारी राख्ने प्रमुख प्रतिपक्षी एमालेको अडानले हच्किएको सत्ता पक्षले आइतबारका लागि निर्धारित प्रधानमन्त्री निर्वाचन प्रक्रिया दुई दिनपछि सार्न सभामुखलाई आग्रह गरेपछि सूचनाद्वारा स्थगित बैठक मंगलबार सरेको हाे ।

एनसेलले १३ अर्ब ६० करोड लाभकर बुझाएको खबरलाई पनि पत्रपत्रिकाहरुले महत्त्व दिएर छापेका छन् ।

गोरखापत्रले प्रमुख दलबीच सहमति जुटाउन संसद् बैठक स्थगित हुँदा प्रधानमन्त्री निर्वाचन पर धकेलिएको लेखेको छ । देउवालाई राजपा, फोरम र राप्रपाले समर्थन गरेकोदेखि निर्वाचन खर्च बढेकोसम्मका खबरलाई आजको गोरखापत्रले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

लंडनमा भएको आतंकवादी हमलालाई मुख्य खबर बनाएर छापेको अन्नपूर्ण पोस्ट दैनिकले एनसेलले लाभकरे तिरेको लेखेको छ ।

नागरिक दैनिकले लिम्बुवान दल छिन्नभिन्न बनेको लेखेको छ भने नयाँ पत्रिका दैनिकले देउवाको पक्षमा दुई तिहाइ पुगेको गणित पस्केको छ । कान्तिपुर दैनिकले बहुमत जुटे पनि प्रधानमन्त्री निर्वाचन हुन नसकेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment