+
+
Shares

बिराटनगरका सडकमा दुःख : मोटरसाइकलबाट ३ किलोमिटर यात्रा गर्न ३० मिनेट

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ जेठ २२ गते १५:५५

२२ जेठ, बिराटनगर । ३ किलोमिटर कालोपत्रे सडकमा मोटरसाइकल यात्रा गर्न कति समय लाग्छ ? सामान्यतया सबैको उत्तर ५ मिनेट हुनसक्छ । तर, यदी तपाई बिराटनगरको यात्रामा निस्कनु भएको छ भने ख्याल गर्नुहोला ५ मिनेट समय तपाईका लागि एक मिटरको दुरी पार गर्न खर्च हुनसक्छ ।

बिराटनगरको वरगाछी चौकबाट दक्षिण रोडशेष चौकसम्मको करिव ३ किलोमिटर दुरिको यात्रा पार गर्न कम्तिमा ३० मिनेटको समय खर्चनुपर्ने हुन्छ । बिराटनगरमा पछिल्लो समय यात्रु र नगरवासीले झेल्नु परेको सास्ती हो यो ।

मुख्य सडक क्षेत्र अन्गर्तत पर्ने यो सडक अहिले निर्माणको क्रममा छ । अस्तव्यस्त सडक जताततै पानी जमेका खाल्डा खुल्डीसंगै सडक जाम लगायतका कारण बिराटनगरको मुख्य सडक क्षेत्रको यात्रा आफैमा अहिले जोकोहीलाई दिकदार लाग्न सक्छ ।

पुरानो सहरको इतिहास बोकेको बिराटनगरमा विकासको गति भने अहिलेपनि कछुवाको चालमा छ । बिराटनगरमा अहिले मात्रै नगरको ढल व्यवस्थापनका लागि काम भइरहेको छ । त्यो पनि सुस्त गतिमा छ ।

विकास निर्माणको काम सुरु भएपनि कहिले पो काम पूरा हुन्छ भन्ने विश्वास नै नलागेको नगरवासी अमित न्यौपानेले बताए ।

उनले विराटनगरको विकासले फड्को मर्न नसकनु मुख्यतय विकास निर्माणको काममा हुने ढिलासुस्ती रहेको बताए । ‘केही काम शुरु भए पनि समयमा नै नसक्ने यहाँको पुरानो रोग बनिसकेको छ, ‘ उनले भने,-‘कर्मचारीलाई कमिसन मिलानदेखि ठेकेदारको लापार्वाही उतिकै हुने गरेको छ ।’

बिराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको काममा ढिलासुस्ती गर्नु, कामलाई तीव्रता दिन नसक्नु र एक किलोमिटरको दूरीको कामलाई महिना दिन लगाउनुले कामले झमेला भई रहेको छ ।

अहिले विराटनगरको मुख्य राजमार्ग कोसी राजमार्ग अन्तर्गतको रोडशेष चोकदेखि वरगाछीसम्म हिँड्नै नसक्ने अवस्था छ ।

त्यसको मुख्य कारण भनेको खनिएका माटोबाट निस्किएको धुलो र समान्यतय पानी पर्दा हिलाम्य हुने समस्या वढी हुने गरेको छ ।

दुई परियोजना एकै साथ

विराटनगरको मुख्य सडक क्षेत्रमा अहिले ६ लेन सडक परियोजना तथा मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाले काम गरिरहेका छन् ।

एकातिर अहिले ६ लेनको काम भइरहेको छ भने अर्को तर्फ मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाले अन्तर्गत नगर क्षेत्रमा ४६ किलोमिटर कालोपत्रे सडकसहित नाला र ढलको निर्माणको काम भइरहेको छ ।

पहिलो चरणमा तीन अर्ब ४० करोडको काम अहिले पनि जारी रहेको छ । त्यसैगरी, तीन अर्ब २० करोड रकम अझै यही कामका लागि भित्र्याउने तयारी भइरहेको छ । यसले विराटनगरको मुहार नै फेर्ने आशा विराटनगरवासीले बोकेका छन् । तर, सुस्त गतिमा अघि वढेको परियोजनाको काम कहिले पुरा हुने भन्नेमा समस्या देखिएको छ ।

बिराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाका उपेन्ऽ बरालको विविध समस्या बाबजुत पनि काम समयमै सम्पन्न गर्ने गरी भइरहेको दावी गरे ।

उनले मुख्य सडक क्षेत्रमा परियोजना र ६ लेनको निर्माण आयोजनाको काम एकै स्थानमा परेकाले परियोजनाको काम भन्दा पनि ६ लेन सडक निर्माण आयोजनाको काममा भएको ढिला सुस्तीका कारण सबै भन्दा बढी समस्या देखिएको दाबी गरे ।

३ वर्षमा ७० प्रतिशत मात्र काम

बिराटनगरमा चालु अवस्थामा रहेको परियोजनाले ३ वर्षको अवधिमा ७० प्रतिशत कामको प्रगति देखिएको छ । परियोजनाले दावी गरेअनुसार काम भएको विश्वास गर्न सकिने आधारहरु देखिनन् ।

बिराटनगर-३ का स्थानीयवासी सुमन तिवारीले परियोजनाको काम कागजी रुपमा ७० प्रतिशत भएको हुनसक्छ तर फिल्डमा हेर्ने हो भने यति धेरै काम भएको पत्याउन नसकिने बताए ।

परियोजना अन्तर्गत पहिलो चरणको कामको अवधि ०७४ असार १८ गते सकिदैछ । अहिले एकै स्थानमा एकै साथ परियोजना र ६ लेन सडक निर्माण आयोजनाले बिराटनगरको रोडशेषदेखि उफ्फार वरगाछी चोकसम्म पर्ने मुख्य सडक क्षेत्रमा काम भइरहेको छ ।

यो क्षेत्रका काम शुरु भएको एक वर्ष बितिसक्दा बल्ल गुद्री नजिकै आइपुगेको छ । पहिलो चरणमा भएको सम्झौता अन्तरगतको परियोजनामा नेपाल सरकारको १६ प्रतिशत, एसियाली विकास बैङ्कको ६५ प्रतिशत, बिराटनगर उपमहानगरपालिकाको ८ प्रतिशत र नगरविकास कोषबाट ११ प्रतिशत ऋण गरीे झण्डै ३ अर्व ४० करोड खर्च गरेर परियोजनाले काम शुरु भएको हो । धेरै ठुलो बजेटमा काम अघि बढेपनि व्यवस्थापन गर्न नसक्दा समस्या आएको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?