+
+
Shares

जेब्रा क्रसमै मारिए पैदलयात्रु, यी हुन् ‘ब्ल्याक स्पट’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २३ गते ६:२५

२३ जेठ, काठमाडौं । सुनसरीकी २३ वर्षीया रविना चौधरी बसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो ।

डेढ महिनाअघि मात्रै जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा पैदल यात्रुलाई यात्रा गर्न सिकाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिएपछि ट्राफिक प्रहरीलाई टाउको दुखाइ बनेको छ ।

ट्राफिक महाशाखाले उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रलाई ब्ल्याक स्पट घोषणा गरेको छ ।

यो सूचीमा कालिमाटी–कलंकी खण्ड, महाराजगञ्ज बसुन्धरा खण्ड, चप्पल कारखानाअगाडि, गोपीकृष्ण चाबहिल खण्ड, सुकेधारा धुम्बाराही खण्ड बढी दुर्घटना हुने क्षेत्र हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?