Comments Add Comment

गर्मीले आत्तिएपछि कारभित्र छिर्यो घोडा (भिडियोसहित)

भारतमा हालै एउटा अनौठो घटना भएको छ । भारतको जयपुरको ज्याकब रोडमा एउटा अनौठो घटना घटेको छ । सडकको फुटपाथमा एक व्यक्ति घोडा लिएर आइरहेका थिए । अकस्मात उक्त घोडा बिच्कियो ।

ती व्यक्तिले घोडालाई सम्हाल्ने र नियन्त्रणमा लिने कोसिस गरे तर सफल भएनन् । घोडा यताउती गर्दै निकै तिव्र गतिमा दौडिरहेको थियो । नजिकै एउटा कार थियो ।

घोडा एक्कासी कारको अगाडि पट्टिको सिसा फुटाउँदै सिधै कारभित्र घुस्यो ।

कारभित्र छिरेको घोडालाई निकै मुस्किलले बाहिर निकालियो । एक्कासी जोडसँग कारभित्र घोडा छिरेपछि कारभित्र रहेका ड्राइभर इन्तु न चिन्तु भए ।

यस घटनामा घोडा र ड्राइभर दुबैलाई सिसाका टुक्राले लागेर घाइते बनाएको छ ।

कारमा घोडा घुसेको घटनाको भिडियो सोसल मिडियामा खुबै भाइरल बनिरहेको छ । घोडा अत्यधिक गर्मीका कारण आत्तिएर त्यसो गरेको हुनसक्ने धेरैको अड्कल छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment