+
+

देउवालाई राजपाको पनि समर्थन, तीनबुँदे सहमतिको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २३ गते ११:५६


२३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ । त्यसअघि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच तीनबुँदे सहमति गर्ने तयारी छ ।

नेताहरुका अनुसार तीनबुँदे सहमति गर्ने तयारी छ । जसमा प्रचण्ड सरकार गठनका क्रममा भएको तीनबुँदे सहमति कार्यान्वयन एउटा बुँदा हुनेछ ।

यस्तै स्थानीय तहको संख्या बृद्धि गर्ने सहमति पनि कांग्रेस र माओवादीले गर्ने भएका छन् । अर्को बुँदा प्रधानमन्त्री निर्वाचनमा राजपाले भोट हाल्ने हुने एक नेताले बताए ।

तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राजपा नेपालका २४ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?