Comments Add Comment

झाडापखालाबाट एक बालिकाको मृत्यु

२३, जेठ चितवन । उपचार गर्ने पैसा नहुँदा चितवनको काउलेमा एक बालिकाको झाडापखलाका कारण मृत्यु भएको छ ।

झाडापखलाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा न १ काउले छाम्पु बस्ने कृष्णमति चेपाङ र चन्ऽबहादुर चेपाङकी १ बर्षीया छोरी सपना चेपाङको मंगलबार दिउँसो मृत्यु भएको हो ।

बालिकालाई आइतबार साँझबाट झाडापखला लागेको थियो । सोमबार बिहान कुरिनघाट मेडिकलमा लगेपछि त्यहाँका स्वास्थ्यकर्मीले भरतपुर वा काठमाडौं लैजान भनेका थिए ।

आफूसँग उपचार गर्ने पैसा नै नभएका कारण अस्पताल पुर्‍याएर उपचार गर्ने आँट नै नभएको उनकी आमा कृष्णमतिले दुखेसो गरिन् ।

चितवनको भरतपुर अस्पतालमा चेपाङ समुदायका लागि निशुल्क उपचारको व्यवस्था गरिएको भएपनि त्यस बारेमा प्रचारप्रसार र जानकारी नहुँदा बिकट गाँउमा वर्षेनी यस्ता घटनाहरु हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment