+
+
Shares

प्रधानमन्त्रीको शपथग्रहण आजः पहिलो चरणमा छरितो मन्त्रिमण्डल

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते ७:११

२४ जेठ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।

शीतल निवासमा मध्याह्न हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य गरेका छन् ।

पहिलो चरणमा सानो मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका देउवा शपथग्रहण कार्यक्रममा कांग्रेसबाट दुईजना, माओवादी केन्द्रबाट दुई तथा फोरम लोकतान्त्रिकबाट एकजनालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुटेको आजको राजधानी दैनिकमा खबर छ ।

नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणको मन्त्रिमण्डलमा समावेश हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?