Comments Add Comment

आफ्नै सालीलाई फिल्ममा डेब्यू गराउँदै निखिल


नायक निखिल उप्रेतीले निर्देशन गर्न लागेको चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’मा अब मुख्य नायिका फाइनल भएकी छिन् । निखिलले यो चलचित्रमा आफ्नै साली सिवानी लुइटेललाई नायिकाको रुपमा अनुवन्धित गराएका छन् । शिवानी नायिका संचिता लुइटेलकी बहिनी हुन् ।

यो चलचित्रको छायांकन मंगलबारदेखि सुरु गरिएको छ । चलचित्रको छायांकनका लागि भारतीय कलाकार रन्जित नेपाल आइसकेका छन् । नेपालमै मुम्बइको सेट लगाएर चलचित्रको छायांकन सुरु भएको वुझिएको छ ।

केही समय अगाडि आयोजित चलचित्रको घोषणा कार्यक्रममा नायिका नेपाली नै राख्ने बताइएको थियो । अब, भने निखिलले नायिकाको रुपमा सिवानीलाई फाइनल गरेका हुन् । सिवानीले आजसम्म अभिनयमा हात हालेकी छैनन् ।

तर, अध्ययन सकेर बसेकी सिवानीले निखिलको ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा समावेश हुने नेपाली चलचित्रमा मुख्य नायिकाको रुपमा काम गर्नेछिन् । निखिल पत्नी नायिका संचिता लुइटेलका अनुसार, सिवानीले आजदेखि काम सुरु गर्नेछिन् ।

यो चलचित्रमा केही भारतीय कलाकारको समेत अभिनय रहनेछ । निखिलले साढे २ करोडको बजेटमा यो चलचित्र बन्ने केही समय अगाडि आयोजित पत्रकार सम्मेलनमा बताएका थिए । सिवानी अनुवन्धितको बिषयमा निखिलसँग वुझ्न खोज्दा, उनको फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment